गजल बिम्ब (2071-04-08/24-07-2014) : Download

NepaliTalim | 10:00:00 PM | 0 comments
रेडीयो बाग्मतीको प्रस्तुती 
कार्यक्रम : गजल बिम्ब
समय : बिहिवार ९.१५ राती
संचालक : रोहित साही अनुरागी 
मिति : (2071-04-08/24-07-2014) 
Email : gajalbimba@gmail.com

आज करिस्मा शिंह कञ्चनको गजल संग्रह टुक्रिएको मायाबाट गजलहरु सुन्नेछौं

नमस्कार साथीहरु,

आज मिति 2071 साउन 08 गते तदनुसार 24-July-2014 बिहिबार, रेडियो बाग्मती १०७.४ मेगाहर्ज त्यसैगरि लम्की कैलाली स्थीत मालिका एफ एम ९९ मेगाहर्ज , अछामको रेडियो सोसाइटि एफ एम त्यसैगरी काईस्ट एफ एम ९१.८ मेगाहर्ज टिकापुर, बाँकेको रेडियो बागेश्वरी एफ एम ९४.६ मेगाहर्जको  रेडियो तरँग बाट पनि कार्यक्रम गजल बिम्ब लिएर प्रस्तोता रोहित साहि अनुरागी उपस्थित हुनुभएको छ । हरेक बिहिबार बेलुका ९.१५ बजे गजल विशेष कार्यक्रम गजल बिम्ब प्रसारण हुने गर्दछ ।  कार्यक्रम पठाएर सहयोग गरिदिनुहुने कार्यक्रम संचालक रोहित शाही "अनुरागी" ज्यूलार्इ धेरै धेरै धन्यवाद ।
Listen and Download

Download : Click Here to Download

स्मृतिका पाना (2071-04-12/28-07-2014) : Download

NepaliTalim | 10:25:00 AM | 0 comments
रेडियो रामेछाप ९५.८ मेगाहर्जको प्रस्तुति 
साहित्यिक : कार्यक्रम स्मृतिका पाना
हरेक सोमबार बेलुकि ९.१५ देखी  
प्रस्तोता : Psquare Prajwal Paudel
फेसबुक : Facebook Page
(2071-04-12/28-07-2014)

नमस्कार साथीहरु,
आज मिति 2071 श्रावण महिनाको 12 गते तदनुसार 28-July 2014 सोमबारका दिन सदाझैं यो बेलुकाको ९ बजेको बि.बि.सि सेवा पछि रेडियो रामेछाप ९५.८ मेगाहर्जको गजल सहित्य विशेष कार्यक्रम स्मृतिका पाना लिएर आज पनि कार्यक्रम प्रस्तोता प्रज्वल पौडेल र प्राविधिक मित्र विभिन्न सांगीतिक मनोरञ्न सहित उपस्थित हुनुभएको छ ।  कार्यक्रममा तपाईहरु पनि सहभागी जनाउनको लागि र सल्लाह सुझाबको लागि यो इमेलमा मेल गर्न सक्नुहुनेछ । यो कार्यक्रम पठाएर सहयोग गर्नुहुने साथी कार्यक्रम प्रस्तोता प्रज्वल पौडेललाई धेरै धेरै धन्यवाद । 
Listen and Download

Download : Click Here to Download

स्मृतिका पाना (2071-03-30/14-07-2014) गजलकार कल्पना प्रकृती सँगको अन्तवार्ता विशेष : Download

NepaliTalim | 10:21:00 AM | 0 comments
रेडियो रामेछाप ९५.८ मेगाहर्जको प्रस्तुति 
साहित्यिक : कार्यक्रम स्मृतिका पाना
हरेक सोमबार बेलुकि ९.१५ देखी  
प्रस्तोता : Psquare Prajwal Paudel
फेसबुक : Facebook Page
(2071-03-30/14-07-2014)

गजलकार कल्पना प्रकृती सँगको अन्तवार्ता विशेष 

नमस्कार साथीहरु,

आज मिति 2070 असार महिनाको 30  गते तदनुसार 14-July-2014 सोमबारका दिन सदाझैं यो बेलुकाको ९ बजेको बि.बि.सि सेवा पछि रेडियो रामेछाप ९५.८ मेगाहर्जको गजल सहित्य विशेष कार्यक्रम स्मृतिका पाना लिएर आज पनि कार्यक्रम प्रस्तोता प्रज्वल पौडेल र प्राविधिक मित्र विभिन्न सांगीतिक मनोरञ्न सहित उपस्थित हुनुभएको छ ।  कार्यक्रममा तपाईहरु पनि सहभागी जनाउनको लागि र सल्लाह सुझाबको लागि यो इमेलमा मेल गर्न सक्नुहुनेछ । यो कार्यक्रम पठाएर सहयोग गर्नुहुने साथी कार्यक्रम प्रस्तोता प्रज्वल पौडेललाई धेरै धेरै धन्यवाद । 
Listen and Download

Download : Click Here to Download

BULBUL 256 : (30-07-2014/2071-04-14) : Download

NepaliTalim | 9:25:00 AM | 0 comments
RADIO UJYALO 90Mhz PRESENTS    
BULBUL EPISODE - 256
Date : (30-07-2014/2071-04-14) 

आजको बुधवारीय बुलबुलको श्रृंखलामा तपाइहरूकै गजल बाचन र रात्री गनथन  बिशेष रहनेछ । 

शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! आज मिति 2071 श्रावण 07 गते तदनुसार -2014-July-23 बुधबारका का दिन रेडियो उज्यालो ९० मेगाहर्जको गजल नेपाली गजल विशेष कार्यक्रम बुलबुल लिएर प्राविधिका साथीको साथमा कार्यक्रम संचालक अच्युत घिमिरे बुलबुलको श्रृंखला (Bulbul Episode 256) लिएर उपस्थित हुनुभएको छ ।

बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं..... युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ। आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।

बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद ।   बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला ।
खुसीको खबर तथा सूचना
आइतवार १३ असोज २०७० देखी बुलबल उज्यालो ९० मेगाहर्जबाट हप्ताको २ दिन हरेक आइतवार र बुधवार सोहि समय रातको ९.१५ देखी १० वजेसम्म फरक फरक श्रृंखला प्रशसारण भइरहेको छ । निरन्तर चलिरहेको आइतवारिक बुलबुल १८ श्रृंखला पस्चात सदाकै समयमा आइतवारबाट सनिबार बज्नेछ । धन्यवाद । 
Listen and Download

Download : Click Here to Download

यो श्रृंखलाको सूरूमा बाचन भएको मेरो गजल
तिमी यता आउनु अगाडी सब ठिक थियो ।
आँखा ति झिम्क्याउनु अगाडी सब ठिक थियो ।

पहिलो पल्ट भेटघाट हुँदा खेरी स्वागतमा
फूलहरु बिछ्याउनु अगाडी सब ठिक थियो ।

त्यसै राम्री मान्छे तिमी झनै श्रृगार गरिगरि
पाउजु त्यो बजाउनु अगाडी सब ठिक थियो ।

अपराध केही गरुँ गरुँ लागिरहेको छ
उस्ले गजल सुनाउनु अगाडी सब ठिक थियो ।

यादहरुको एटम बम बिस्फोटन गराएर
आतंक यो मच्चाउनु अगाडी सब ठिक थियो

आफ्नो नाम सँगै मेरो नाम 'राम' राखी
प्रेमपत्र पठाउनु अगाडी सब ठिक थियो ।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप

गजल-तिमी यता आउनु अगाडी सब ठिक थियो

NepaliTalim | 9:14:00 AM | 0 comments
Ram Sharan Shrestha
तिमी यता आउनु अगाडी सब ठिक थियो । 
आँखा ति झिम्क्याउनु अगाडी सब ठिक थियो । 

पहिलो पल्ट भेटघाट हुँदा खेरी स्वागतमा 
फूलहरु बिछ्याउनु अगाडी सब ठिक थियो ।

त्यसै राम्री मान्छे तिमी झनै श्रृगार गरिगरि 
पाउजु त्यो बजाउनु अगाडी सब ठिक थियो ।

अपराध केही गरुँ गरुँ लागिरहेको छ
उस्ले गजल सुनाउनु अगाडी सब ठिक थियो ।

यादहरुको एटम बम बिस्फोटन गराएर
आतंक यो मच्चाउनु अगाडी सब ठिक थियो

आफ्नो नाम सँगै मेरो नाम 'राम' राखी
प्रेमपत्र पठाउनु अगाडी सब ठिक थियो ।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप

बुधवारीय बुलबुलको श्रृंखला २५६ मा बाचन भएको
Listen Bulbul Episode 256 : Click Here

गजलका फूलहरू -46 : (28-07-2014/2071-04-12) : Download

NepaliTalim | 11:20:00 AM | 0 comments
गजलका फूलहरु 
फेसबुक पेजको प्रस्तुति   
उत्पादन तथा संचालक 
वि.एस.पृथक
gazalkaphoolharu@gmail.com
हप्ताको हरेक सोमबार
बेलुकी ९.१५ बजेदेखी 
 (28-07-2014/2071-04-12)

नमस्कार साथीहरु,

आज मिति 2071 श्रावण 12 गते तदनुसार 28-July 2014 सोमबारका दिन देखी नयाँ जोश नयाँ उमङ्गका साथ वि.एस.पृथकको उत्पादन तथा प्रस्तुतिमा नेपाली साहित्यिक विधा विशेषत नेपाली गजलको लागि समर्पित गजलका फूलहरु फेसबुक पेज चिसापानी ब्लग मार्फत प्रस्तुत गर्दछ र युनाइटेड एफ एम ९२.४ मेगाहर्ज मार्फत बेलुका ९.१५ बजे हस्ताको हरेक सोमबार गजल बाचन र सुमधुर गीत गजलको कार्यक्रम तपाईकै साथी प्रस्तोता गजलकार वि.एस.पृथकको साथमा गजलका फूलहरु । अत्याधिक चर्चामा पुगेको साहित्यिक फेसबुक पेज गजलका फूलहरु पेज गजलकार गौरब श्रेष्ठ मनकुराले सुरु गर्नु भएको हो यो पेजको मुख्य विशेषता यहाँ फोटो गजल प्रकाशन हुने गर्दछ हाल उहाँ लगायत थुप्रै गजलकार हरु एडमिनमा रहेर गजल साहित्य विस्तारमा फेसबुके अभियानमा सामेल हुनुहुन्छ ।

आजको कार्यक्रम Episode 46 हो। के कस्तो लाग्यो सल्लाह सुझाव र प्रतिकृया दिनुहोला । कार्यक्रममा गजलका फूलहरु पेजमा तपाइहरुले पठाउनु भएको उत्कृष्ट गजलरुलाई स्थान दिइनेछ जसको लागि तपाइहरुले फेसबुक पेज गजलका फूलहरुके इन्बक्समा आफ्ना गजलहरु म्यासेज गर्नु पर्नेछ  । यो कार्यक्रम तयार पारेर पठाउनुहुने मित्र कार्यक्रम संचालक वि.एस.पृथकज्यूलाई धेरै धेरै धन्यवाद दिन चाहान्छु
Listen and Download

Download : Click Here to Download

Episode 63 - मुक्तक माला (27-07-2014/2070-04-11) : Download

NepaliTalim | 10:48:00 AM | 0 comments
रेडियो भिजनको प्रस्तुती
मुक्तक बिशेष मुक्तक माला 
प्रस्तोता मदन भण्डारी
हरेक राती ९.३० आईतबार
(27-07-2014/2070-04-11)  
 Facebook Page 


नमस्कार साथीहरु,

आज मिति 2071 श्रावणा 11 गते तदनुसार 27-July 2014 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका  प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला ।
Listen and Download

Download : Click Here to Download

बृहत संयुक्त्त गजल संग्रह हैसियत र हैसियतमा गजलकार सुनिल स्पन्दनको प्रतिकृया

NepaliTalim | 10:46:00 AM | 0 comments
नमस्कार
हैसियत बृहत गजल संग्रहको बारेमा सायद धेरैले सुन्नुभएको होला । नेपाली गजल आकाशमा हालसम्मकै ठूलो कृति भनेर दाबि गरिएको यो कृति भाग एक र भाग दुई गरि दुई संस्करणमा बजारमा उपलब्ध छ । भाग एकमा ३६ र भाग दुईमा ३८ जना गजलकारहरुका २५।२५ गजलहरु समाबेश गरिएकाछन् भने यो कृती हाम्रो मझेरी साहित्य प्रतिष्ठान चितवनले प्रकाशन गरेको हो र यसका सम्पादक हुनुहुन्छ अग्रज गजलकार पुष्प अभिकारी अञ्जली । यो कृति यहि २०७१ असार १४ गते शनिवारका दिन चितवनमा भब्य समारोहका साथमा बरिष्ठ अग्रज गजलकार प्राज्ञ बुँद रानाले गर्नुभएको हो यक्त कार्यक्रममा भारतमा रहेर नेपाली गजलमा कलम निरन्तर  चलाउँदै आउनुभए गजलकार शेखर अस्तित्वलाई विशेष सम्मान प्रदान गरिएको थियो साथै चर्चित गजलकार गायक सुवास अगमले गायन प्रस्तुत गर्नुभएको थियो । सो कार्यक्रममा देशैभरिबाट अपस्थित हुनुभएका करिव १०० भन्दा बढि गजलकारहरुले आफ्नो रचना बाचन गर्नुभएको थियो । 
हैसियत बृहत गजल संग्रहमा निम्नानुसारका गजलकारहरुका गजलहरु समाबेश गरिएकाछन् ।
हैसियत १ मा सहसहभागी गजलकारहरू १.अञ्जान यात्री २.अजय पारस ३.स्पनदन खडका ४.गणेश स्मृति रोका ५.किरण कालीकोटे ६.भुपेन्द्र बि सी ७.केशव चापागाई ८.उर्मिला कोइराला ९.प्रकाशमणि खनाल १०.पुष्प अधिकारी अञ्जलि ११.दिप मिलन १२.इन्धन भनडारी १३.बिमला शर्मा १४.जे सागर १५.बाबु देवकोटा १६.आर.एस .बिद्रोही १७.रोहित राना १८.पवन घर्ती १९.बि एस पृथक २०.सौगात गजमेर २१.साबित्रा लुईटेल घिमिरे २२.रमेश भट्ट २३.सरस्वती लामिछाने २४.चन्द्रा बुढा २५.सहयोगी रविन २६.ग्यान तरामु २७.सुनिल स्पन्दन २८.रहस्य बिक्रम चिमोरिया २९.बिबश असफल ३०.कमल जलन ३१.टिकाराम सिहँ ३२.लछ्मण मिलन बिष्ट ३३.देव आवारा ३४.संङ्कल्प चन्द ठकुरी ३५.इश्वर पौडेल ३६.निश्चल प्रेमी कान्छा हैसियत २ मा सहभागी गजलकारहरूं  १.अनिता भन्डारी पौडेल २.सागर सिल्वाल ३.सुमित्राअधिकरी धिताल ४.दर्गा बनबासी ५.छवि चालिसे ६.कोमल प्रसाद भट्ट ७.रुपेश अनमोल ८.बिनोद पौडेल ९.कल्पना पौडेल जिग्यासु १०.भन्डारी दाई ११.बिकास कंडेल १३.गोविन्द भावुक १४.बिमलाअधिकारी देवकोटा १५.कुमार यात्री १६.जनक कडायत १७.राधा भट्टराई १८.कमल अर्याल १९.मानन्धर अभागी २०.राधिका कुइँकेल खनाल २१.अभिनाश थापा २२.निर्मला अर्याल २३.अञ्जान तिलक २४.अञ्जली भट्टराई २५.बज्रकुमार थुलुङ राई २६.रामचन्द्र बस्याल २७.लछ्मण तिवारी २८.धनगिरी फडेरा २९.मिनु रिजाल ३०.बसन्त अविरल प्रमोद ३१.प्रेम चापागाई ३२.युवराज सुबेदी ३३.इन्द्रसुर बेल्टारे ३४.झरीदान राई ३५.ग्यान प्रसाद अधिकारी अन्नत ३६.राजकुमारी खडका ३७.शुशिला पौडेल ३८.लोकराज अधिकारी सबै प्रिय गजलकारहरूलाई हार्दिक आभार एवं बधाई छ ।
================================================================
Sunil Spandan



भक्तपुरका गजलकार सुनिल स्पन्दन, गजल क्षेत्रमा विगत गजलका भर्खर भर्खर बहस चल्न थालेको उताढ चढाबको अवस्था २०५६/५७ करिव सालदेखी १५ वर्ष यता निरन्तर कलम चलाउनुहुँदै आउनुभएको छ उहाँ अब्बल गजल लेख्नुहुन्छ र यस क्षेत्रमा उहाँलाई भविस्यको चम्किला तारा मान्न सकिन्छ । । उहाँ आफैं हैसियतका एक गजलकार हुनुहुन्छ भने उहाँका लयमा, छन्दमा र वहरवद्ध गजलहरुको लागि सुनिल विशेष मानिन्छन् तर हैसियतमा भने उहाँका बहरवद्ध गजलहरु समावेश गरिएका रहेनछ । अब उहाँले हैसियतका  गजलकारहरुका गजल पढिसकेपछी दिनुभएको प्रतिकृया तल राखिएको छ ।


हाल सम्म प्राप्तभएका प्रतिकृयाहरु 
१. इन्धन डि.बि. भण्डारी
२. अजय पारष
३. अञ्जान यात्री

१.इन्धन डि.बी भण्डारी
१. हैसियत भाग १ मा समावेश हुनु भएका गजलकार इन्धन डि.बी भण्डारीको लागि मेरो प्रतिक्रिया
पहिले प्रेम प्रस्ताव राखिन्थ्यो, पत्र पठाएर
अहिले प्रेम प्रस्ताव राखिन्छ, बन्दुक देखाएर

माथिका यी गजलांश गजलकार इन्धन डि.बी भण्डारीका हुन् । हैसियत गजल सङ्ग्रहको विमोचन पश्चात चितवनबाट फर्किरहँदा माइक्रोमा हामी केही साथीहरूले हैसियतबाट केही गजलहरू पढ्यौ । हैसियतको पाना पल्टाउने क्रममा केहीका गजलले हाम्रा मनलाई आकर्षणमा पा¥यो । तीमध्येका एक हुन् इन्धन डि.बी भण्डारी । हामीले गजलका बारेमा चर्चा परिचर्चा गर्ने क्रममा अनलाइनमा भेटिने साथीहरू जो हैसियत बोकेर यात्रारत हुनुहुन्थ्यो उहाँहरुले पनि एक व्यक्तिको गजलको खुलेरै प्रशंसा गर्नुभयो जसको नाम थियो– इन्धन डि.बी भण्डारी । हैसियत भन्दा अगाडि मैले कहिले नसुनेको नाम र मेरो फेसबुकमा पनि साथीहरू माझ नभेटिएभएका गजलकार इन्धन डि.बी भण्डारी एक इश्र्या गर्न लायक प्रतिभा हुनुहुदोँ रहेछ उहाँका गजलहरू पढ्दै जाँदा थाहा पाएँ । केही दिन उहाँका गजलहरूमा डुबेँ ।
उहाँका गजलहरू पढ्दै जाने हो भने कहीँ कतै हाइ काट्नु पर्ने ठाउँ पाइँदैन । गजलमा सम्प्रेषण गरिएका विचार, चिन्तन र विषयहरूले २५ वटै गजललाई एकै बसाईमा सिध्याउन प्रेरित गर्दछ । गजल पढ्दै जाँदा —
कहीँ भावुक–
बाउ लाश बुझ्न लाइनमा उभिएका छन्
हातमा छोराको फोटो समाएर आँसु बगाएर (गजल नं.२३)
कहीँ उत्तेजना–
यार बन्धकी बसेर कति पो कमाउँछस् ?
र यो जिन्दगी बेचेर कति पो रमाउँछस् ? (गजल नं. ५)
भइन्छ भने,
कतै स्वैरकल्पना–
म अब यस्तो कला बनाउँदैछु
आँपको बोटमा सुन्तला बनाउँदैछु (गजल नं. १८)
कतै यथार्थ चित्रण–
कमै फर्के होलान् परदेशबाट जिन्दगी बनाएर
धेरै फर्केका छन् परदेशमै जिन्दगी गुमाएर (गजल नं. २३)
ले गजलमा पाठकलाई ध्यानाकर्षण गर्दछ । यहाँ म उहाँका सबै गजललाई साभार गरेर सक्ने अवस्थामा छैन । सबै गजलले मनलाई छोएको छ । एउटा शसक्त गजलकारको रुपमा इन्धन डि.बी भण्डारीलाई पढ्न पाएँ । उहाँको आफ्नै कृति ‘बिजारोपण’ पनि हात परोस्, पढ्न पाउँ ।
उहाँका गजलहरुमा काफिया चयन सही छ, रफिदले दिने मिठास पनि उत्तिकै छ । गजलको सिद्धान्तत हेर्ने हो भने अधिकांश गजलमा जसरी भावनाका लहरहरू बगेका छन् विश्रामको अवस्थामा गजलकार सबै जस्तो गजलमा चुक्नु भएको छ । सिद्धान्तका आधारमा रदिफ, काफिया, मतला, मक्ता, तख्खलुस आदि बुझिन्छ भने यति र गतिलाई पनि बुझ्नु आवश्यक छ । सिद्धान्तकै आधारमा बसेर पनि गजलमा नयाँ पन दिन सक्छौँ कि !
अन्तमा एक शेर
न म जन्मेको ठाउँ भेटिन्छ न गाउँ भेटिन्छ
मात्र यी आँखामा आँसुको तलाऊ भेटिन्छ
एउटा पाठकको हैसियतले मैले जे देखे त्यो पोखेँ । यो मेरो व्यक्तिगत प्रतिक्रिया हो । यसमा सहमति र विमती दुवै रहन सक्नेछन् । गजलकारलाई शुभकामना । अबको केही दिन गजलकार पवन घर्तीमगर, निर्मला अर्याल र सौगात गजमेरतिर फड्को मार्ने विचारमा छु ।
सुनिल स्पन्दन 
भक्तपुर

२.अजय पारस
हैसियत गजल संग्रह १ का दोश्रो नम्बरका गजलकार अजय पारसका लागि मेरो प्रतिक्रिया–
मलाई मन परेको गजलको शेर–
‘मुटु चल्छ, तिम्रै लागि, बन्द हुन्छ, तिम्रै लागि
परदेशी भै, टाढा हुँदा, यो मन रुन्छ, तिम्रै लागि’
यी मीठा शेरका गजल गो अजय पारसका गजलहरू आनन्दले पढेँ । समसामयिक, राजनीति, कुरिता, देशको जल्दोबल्दो समस्या र चेतनाका लागि कलम चलाउनु हुने पारसका गजलहरू मीठा छन् । उनका गजलहरूमा उनले चर्का नारा त उरालेका छैन तापनि गजलकारले भोगेका र अनुभव गरेका कुरालाई हजताका साथ गजलको संरचनाभित्र समावेश गरेका छन् । उनका गजलहरूमा काफिया र रदिफको सही समायोजन छ । तापनि एकाध ठाउँमा काफियामा झुक्किएको हो भन्ने भान हुन्छ ।
(गजल नं.१६
कहिल्यै नपाउने माया खोज्दै छु म
औँसीको रातमा जून खोज्दै छु म
प्रस्तुत मतलालाई हेर्दा काफिया दोहोरिएको पाइन्छ । यो जानाजान गजलकारले राख्नुभएको हो कि अथवा छपाईमा त्रुटी हो, गजलकारले बताउनु हुनेछ ।
त्यस्तै उनले गजलमा नया विषयको प्रयोग (गणितीय आधार) पनि गरेका छन्
वस्तु ठूलो होस वा सानो आयतनका लागि
पाइको मान बाइस अपन सात एउटै हुन्छ
भोकालाई सोध्नु ढिँडो र भात एउटै हुन्छ ......
समग्रमा उनका गजलहरुले पाठकलाई सन्तुष्टि दिन्छ । लेखनीको समीकरणलाई हेर्ने हो भने कतै कतै उनका गजलमा संरचनागत पक्षलाई कम ध्यान दिएको पनि देखिन्छ । कुनै एक शेरमा १६ अक्षरको प्रयोग गरेका छन् भने फेरि सोही गजलको मुन्तिरका शेरमा १८, १९, २१ सम्मका अक्षर प्रयोगले वाचनमा विश्रामको अवस्थामा तालमेल मिल्न सकेको छैन ।
ज्यादै शालिन तरिकाले विषय वस्तुलाई गजलमा प्रस्तुत गर्ने गजलकार अजय पारसको गजलका शेरहरुले मन छोयो र उनका गजल पढुन्जेल म आफै पनि अजय पारस भैरहेँ......धन्यवाद अजय शाह पारसज्यू मीठा मीठा गजलका लागि ।
सुनिल स्पन्दन 
भक्तपुर

३.अन्जान यात्री
हैसियत भाग १ का 1 नं श्रस्टा अन्जान यात्री
को २५ वटै गजलहरु पढें । सारै मीठो गजल लेख्नु हुने अन्जान यात्रीका गजलले मन छोयो । उहाका आधिकांश गजलहरु गैह्र मुसल्सल छन । मीठो बिम्व, विषयवस्तु र प्रस्तुतिले गर्दा उहाको गजल पढ्दा मन आनन्दित भैरह्यो भने १ नं गजल , ३ नं को गजल र १९ नं को गजलमा काफिया पत्ता लगाउन कापि र कलमको सहारा लिनु पर्ने भो तर त्येसो गरिन कारन आफू नेपाली भाषा मा पनि कम्जोर बिद्यार्थी परियो । अक्षर संरचनातिर लागिन, काफियामा येस्तो प्रयोग ठिक हो कि हैन म जान्दिन ।
गजल पढिरहदा धेरै जस्तो गजलहरु वाचनको दृस्टीले लेखियेको पाये । गजल गुनगुनाउन खोजें तर गजल गो ले प्रस्तुतिकरनमा ध्यान दिंदा येति र गतिको सहि ताल्मेल मिलाउन नसक्नाले त्यो सम्भव भयेन ।
समग्रमा गजलहरु अति हृदय स्पर्शी छन् ।पठनीय छन । गजल बिधालाइ पुरै नियम परिधिभित्र नबाधी स्वतन्त्र रुपमा उडाएका छन मित्र अन्जान यात्रीले । आगामी दिनमा अझ सशक्त गजल पढ्न पाइयोस, शुभकामना ।
म गजल सिक्ने र पढ्ने क्रममै छु । मेरो प्रतिकृयामा केही त्रुटि भएमा क्षमा माग्द्छु ।
मलाइ मन परेको उहाको एक शेर
आखामा सपना अनि जिन्दगी राखेर
आएकोछु घर जग्गा बन्धकी राखेर

४.सौगात गजमेर ‘मात्र’
हैसियत भाग १ का ३६ नं. श्रष्टा सौगात गजमेर ‘मात्र’ को लागि मेरो प्रतिक्रिया
कोही आउँछन् सताउँछन्, धेरै कुरा बताउँछन्
नीलो आकाश देखाउँछन्, जून जाँदा हटाउँछन्

यो प्यारको जादू नगर, यस्तै देख्या छु सर्वत्र
थोरै प्रेमील रमाउँछन्, प्राय आँसु खसाउँछन्

जा तँ नानी भन्दै मलाई हातमा फूल थमाएर
बुबा मनमा के सोच्छन् र मन्दिर देखाउँछन्

परदेशीले परिचय यस्तो दिन थाले अचेल
देशमै बस्नुपर्छ भन्छन् उतै ढाड सेकाउँछन्

निकै यर्थाथपरक र मीठो भाव बोकेका यी शेरहरू मित्र सौगात गजमेर ‘मात्र’ का हुन् । बालुवाडी– ८, झापा घर भई गजलको क्षेत्रमा सिर्जनशील यी गजलकार लेखनीको हिसाबले भर्खरै पाइला चाल्दै गरेको जस्तो लाग्छ । गजलको सामान्यतः सिद्धान्तलाई पालना गरी गजल लेख्नुहुने गजलकार सौगातको २५ वटा गजल पढेँ । विषयवस्तु र प्रस्तुतिकरणमा सन्तुलन नहुँदा उहाँका गजल पढिरहँदा धेरै ठाउँमा म आफै पनि गजलको भाव र लेखनीको अवस्थामा झुक्किएँ । गजलमा जसरी विषयवस्तुको जसरी उठान गरिएको छ तर लेखनीमा शिल्प पक्ष कमजोर हुँदा भन्न खोजिएको कुरा स्पष्ट छैन । गजलका शेरहरुमा जबर्जस्ती शब्दहरू कोचिएको भान हुन्छ, शायद शुरुवातका लेखाइ भएर पनि होला । 
जस्तै 
मेरो दिल साह्रै दुखाउनुभो हजुरले
थाहै नदिई व्यर्थै किन र के कसुरले
लाई
मेरो दिल साह्रै दुखाउनुभो हजुरले
पाएकोछु मैले सजाय के कसुरले 
गरेको भए अर्थको आधारमा मतला पूर्ण हुन्थ्यो कि ! गजलमा गजलको मतला आफैमा पूर्ण हुनुपर्छ भन्ने मान्यता छ । यस्ता कमजोरीहरू सौगातका गजलका मतलाहरूमा थेरै छन् । उनको 
गजलका सामान्यत संरचनालाई हेर्दा सौगात रदिफ र काफियामा पूर्णत सचेत छन् । अधिकांश गजलमा काफिया दोष छैन तर रदिफले दिने मज्जा र अर्थमा उनी अझै स्पष्ट तरिकाले अभिव्यक्ति दिन असमर्थ छन् । उनका गजल मुसलसल र ग्रैह मुसलसल दुवै थरीका छन् । सौगातले अझ शिल्प पक्षलाई जोड दिएर गजल साधनमा लाग्नुपर्ने देखिन्छ । उनी एक जागरुक गजल प्रतिभा हुन भन्ने ठम्याइका साथ आगामी दिनमा उनका रचनामा सुधार हुन भन्ने कामना गर्छु ।
पाठकका दृष्टिले केही तीतो कुरा राखेँ हुँला तर सौगातले यसलाई सकारात्मक रुपमा लिनु हुनेछ भन्ने आशा लिएको छु ।

सुनिल स्पन्दन 
भक्तपुर

Note :
प्रतिकृयाहरु क्रमस प्रकासन गरिनेछ 

श्रृंखला 114: वहकिने मन (2071-04-12/28-07-2014) : Download

NepaliTalim | 10:31:00 AM | 0 comments
बहकिने मन BAHAKINE MAN 
DATE : (2071-04-12/28-07-2014)
Time : 9.15pm Every Monday         
Host :  Mahabir Biswakarma         
Phone-977-02-550982 / 5551161 
Facebook : Bahakine Man
FM: CIN Network 


नमस्कार,

आज मिति 2071 साउन 12 तदनुसार 28-07 2014 सोमबारका दिन सामुदायिक सूचना नेटवर्क सि  आई एन C.I.N. रेडियो र मार्फत देशभरिका विभिन्न मार्फत देशका 90 भन्दा बढी एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन EPISODE 114 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला । 
Listen and Download

Download : Click Here to Download

Episode : 105 (यो साँझ यो सुबाश-29-07-2014) - Download

NepaliTalim | 10:25:00 AM | 0 comments
YO SANJH YO SUBASH    
(29-07-2014 /2071-04-13) 
प्रस्तोता : प्रदिप गिरि    
कार्यक्रम : यो साँझ यो सुबाश    
Email : hajurkopatra@gmail.com     
Website : http://ransimedia.com     
Facebook : YSYS Facebook Page
Phone :  9808826116


आज मिति 2071 श्रावण महिनाको 13 गते तदनुसार 29-July 2014  मंगलबार फेरी तपाईहरु सामु यो साँझ यो सुबासको  Episode-105 औ श्रीङ्खला साथ लिएर लिएर सदाझैं आज पनि  तपाईहरु सामु  प्रस्तोता प्रदिप गिरी कार्यक्रम लिएर उत्पादन सहयोगि रन्सी गिरि (RansiMedia) को साथमा उपस्थित भएका छौं । 

रन्सी मेडियाले यु एस ए मा उत्पादन गर्ने यो कार्यक्रम नेपाल  भरि बिभिन्न एफ एम स्टेशनहरु लगायत विश्वभरी युटुब, ब्लगहरु, र  विभिन्न वेबसाइटहरुमार्फत स्रोता समक्ष पुग्दछ जहाँ  नेपाली गजल,प्रेरणदाई कथा, लेख रचनाहरुको प्रस्तुती रहनेछन् । साथ आईफोन र एन्ड्रोइड फोनमामा कार्यक्रम सुन्नको लगि आइ-फोन/ एन्रोइड/ विनडोज फोन : 
√ Nepali Audio Book
√ Nepali FM
√ My Nepal
नेपालका रेडियोहरु:
1. रेडियो एक्सप्रेस, नेपालगंज (सोमबार ९ बजे)
2. रेडीयो ईन्द्रेणी, दाड० (बुधबार ८ बजे)
3. खस्यौली एफ एम, बुटवल (बुधबार ९ बजे)
4. रेडीयो रेसुड०गा, गुल्मी (बिहिबार ९ बजे)
5. रेडीयो फिक्कल, ईलाम (शुक्रबार ९ बजे)
6. रेडीयो बुद्ध आवाज, कपिलवस्तु (सोमबार साँझ ६:३० बजे)
7. रेडियो तरंग, पोखरा (बिहिबार ९:१५ बजे )
8. रेडियो तुलसीपुर्, दाङ (बिहिबार ९:१५ बजे )
9. रेडियो कोहलपुर, बाके (शनिबार ९:१५ बजे )
10.रेडियो जलजला, रोल्पा (शुक्रबार ९:१५ बजे )
11.रेडियो पालुङ्ग, मकवानपुर (बुधबार ) 
12. सामुदायिक रेडियो वालिङ्ग, स्याङ्गजा (मंगलबार ) 
13. रेडियो हाम्रो मालिका, कैलाली (मंगलबार)
14. रेडियो त्रिबेणी, चितवन (शनिबार) 
15.गुराँस एफ एम ज्१०७.५ राती बुधबार ९.१५
Listen and Download

Download : Click Here to Download

गजल-चलिरह्यो बार्तालाप आँखाबाटै (राम शरण श्रेष्ठ)

NepaliTalim | 9:42:00 AM | 0 comments
Ram
चुपचाप चुपचाप आँखाबाटै
चलिरह्यो बार्तालाप आँखाबाटै
..
उताबाट निरन्तर गरेर प्रहार
गरिदियो सखाप आँखाबाटै
..
यसरी गरेपछि जुलम म मा
मैले नि गरे पाप आँखाबाटै
..
थमार्इ गुलाब अनि धड्कनको
लिइएको थियो माप आँखाबाटै
..
मेरो हजुरले मलाई फसाउन
थाप्नुभयो धराप आँखाबाटै
..
यो रामले अब हजुर्लाइ अफ्नो
बनाउछ मैसाप आँखाबाटै
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप
बाचन भएको
नयाँ बुलबुल new bulbul 51 
Yo sanjh Yo Subash 107

त्रिवेणी TRIBENI (22-07-2014/06-04-2071) - Download

NepaliTalim | 11:11:00 AM | 0 comments
रेडियो : नेपाल एफ एम ९१.८ 
कार्यक्रम : त्रिवेणी TRIBENI
प्रस्तोता : धनराज बास्तबिक
  
समय : मंगलबार बेलुकी ९.१५
  
फेसबुक : NFM TRIBENI
मिति  (22-07-2014/06-04-2071)

गजलकार खगेन्द्र गिरि कोपिलाका गजलहरु विशेष
नमस्कार साथीहरु,

आज मिति 2070 श्रावण 04  गते तदनुसार  22-July 2014 मंगलबार, आज हरेक मंगलबार प्रसारण हुने नेपाल एफ एम ९१.८ मेगाहर्जको साहित्यिक विशेष कार्यक्रम त्रिवेणी लिएर प्रविधिक सहयोगीका साथमा कार्यक्रम प्रस्तोता गजलकार धनराज बास्तबिक उपस्थीत हुनुभएको छ । 
Listen and Download

Download : Click Here to Download

नेपाली गजल प्रशिक्षण श्रृंखला तिन (Episode 7) : आदरणिय अग्रज गजलकार शेखर अस्तित्व

NepaliTalim | 10:21:00 AM | 0 comments
Shekhar Astitwa
नमस्कार,

धेरै वर्ष देखी भारतको मुम्बइमा बसेर नेपाली गजलमा कलम चलाईरहनुभएका हाम्रा अति आदरणिय अग्रज गजलकार दाजु शेखर अस्तित्वको अनुमतिमा चिसापानी नेपाल ब्लगमा उहाँले फेसबुकमा सुरु गर्नुभएको गजल प्रशिक्षणको सातौं श्रृंखला यहाँ हरु सामु लिएर आएको छु । आशाछ उहाँले सुरु गनुएको यो गजल प्रशिक्षणले गजलमा भर्खर पाईला चाल्दै गर्नुभएका र गजल मनपराउनुहुने सबैलाई गजलको दिब्य दर्शन प्राप्त हुनेछ । यो अमुल्य प्रशिक्षणको लागि हामी उहाँ प्रति मुरि मुरि धन्यवाद ब्यक्त गर्दछौं र ईश्वर सँग प्रार्थना गर्दछौ उहाँको क्षत्र छायाँ हामीलाइृ सदैब प्रदान भईरहोस । 
Note : 
यो लेखमा सर्वाधिकार लेखकमा निहित रहनेछ । 
प्रशिक्षक अग्रज आदरणिय गजलकार शेखर अस्तित्व ।
स्रोत फेसबुक : Facebook - Shekhar Astitwa
.......................................................................................................

नेपाली गजल प्रशिक्षण श्रृंखला-७ (Saturday, 26th July 2014, 9.55Pm)
..........................................................
प्रिय मित्रहरू ! नमस्कार !
विगत श्रृङ्खलाहरूमा हामिले रुक्नहरूको जानकारीको साथै "फऊलुन्" को वजन र शुध्द उच्चारण सम्बन्धी जानकारी पनि प्राप्त गरियो ! हिजो देखि हामिले "फऊलुन" को 4 आवृत्तिमा गजल लेख्ने शुरूवात पनि गरिसकेका छौं ! यसै क्रमलाई अगाडि बढाउँदै आज पनि हामी सामूहिक रूपमा अर्को गजलको सृजन गर्ने छौं !
यहाँ म तपाईहरू संग एक निवेदन गर्न चाहन्छु कि गजल लेख्दाखेरि बहरको जति महत्व हुन्छ, त्यति नै महत्व गजलको विषय वस्तुको चयन, वैचारिक पक्ष, अभिव्यक्ति गर्ने तरीकाको पनि हुन्छ !
म गजलमा श्रृङ्गारको विरोधि हैन तर मेरो यो प्रबल मत हो कि गजल भित्र वर्तमानको स्वर हुनुपर्छ ! समाज बोल्नुपर्छ ! देश बोल्नुपर्छ !
एकदम परफेक्ट बहरमा लेखेर पनि यदि हामी गजलको व्याकरण सम्म मात्रै सीमित रह्यौं भने त्यस्तो गजलमा शरीर त हुन्छ तर प्राण तत्व हुँदैन ! साहित्य भनेको समाजको दर्पण हो, अनि गजल वर्तमान साहित्यको प्रमुख विधा हो ! त्यसैले अब गजलमा वैचारिक पक्ष अत्यन्त प्रबल हुनैपर्छ ! तर वैचारिकताको मात्रै कुरा गरेर गजलको मूल रूप र सिध्दाँतसङ्ग खेलवाड़ गर्नुहुँदैन ! गजल बहरबद्ध हुनैपर्छ ! यदि (लय, छन्द, बहर, मीटर) मा छैन भने त्यो रचना अरू जेसुकै भएपनि गजल कदापि हुनै सक्दैन !
ल त साथीहरू ! अब म तपाईलाई आज फेरि एक मतला दिंदैछु ! खूब राम्रो सङ्ग सोचेर लेख्नुहोला ! बरू एउटै शेर किन नहोस् तर दमदार लेख्नुहोला ! हतारको काम छैन है ! 10 मिनेटमा गजल लेख्छु भनेर नसोच्नुहोला ! शेरै शेर को थुप्रो पनि एक्कै चोटि नपठाउनुहोला ! मलाई क्वान्टिटी हैन, क्वालिटी चाहियो ! यो मेरो विशेष अनुरोध छ ! शुभकामना सबैलाई !
जय गजल !! 

मतला :
..............

म गर्ने / छु सेवा / निरन्तर / कलमको !
छ तलवा / र भन्दा / बढी भर / कलमको !
(Shekhar "Astitwa")

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger